आज मस“ग सबैका गुरु । कमल थापाका गुुरु, पुष्पकमल दाहाल प्रचण्डका गुरु । सञ्जिव उप्रतीका गुरु, सुनिल पोखरेलका गुरु । सौगात मल्लका गुरु । सरिता गिरीका गुरु । हरिभक्त बुढाथोकीका गुरु । नाट्य, साहित्य, कलाका कठोर साधकहरु वा नेपाली राजनीतिका चतुर खेलाडीहरु । सबैका गुरु । अभि सर । अभि सुवेदी आजको मेरा पाहुना हुनुहुन्छ । देशमै एउटै मात्र विश्व विद्यालय हु“दा कीर्तिपुरको अंग्रजी विभागमा वर्षौ पढाउनूभएका उच्च कदका, कुनै विदेशी पर्यटक जस्ता लाग्ने अभि सरलाई तपाइहरुले पछिल्ला दिनमा राजधानीका कुनै कफि सपहरुमा समाजका विभिन्न व्यत्तिहरुस“ग गफिदै गरेको तथा नाट्य घरहरुमा रमाइरहेको देखेको हुन सक्छ । मुलुकको राजनीतिलाई साह्ै मिहिन ढंगले विश्लेषण गर्न सक्ने अभि सरको अर्को पनि विशिष्ट शैलि छ । बुद्धिजीवि, आगो र फुल । राजनीति, हामी र सुकि । दल, एलिट र सेन्सरसिप । मोदी, हामी र शिवलिंग । चुनाव, वाचा र पर्चा । चिठी, प्रचण्ड र भोली उहा“का लेखका केहि शिर्षक हुन । तीन शब्दे शिर्षकमा गहन लेख्ने कवि अभि सुबेदी जापानी हाइकुबाट प्रभावित निबन्धकार, नाटककार र समालोचक हुनुहुन्छ । विक्रम सम्बत २००२ सालमा तेह«थुममा जन्मिनु भएका सुवेदीले एमए, एमएस्सी र भाषा शास्त्र तथा साहित्य सिद्धान्तमा विद्यावारिधि गर्नुभएको छ । साहित्यकारको नजरमा नेपाली राजनीति कुन दिशामा अगाडि बढ्दै छ ? मानिसको स्वतन्त्रताको सिमा के हो ? देश देखेर कस्तो लाग्छ ? सत्यता, जीवन र राजनीतिमा के अन्तर छ ? जीवन के हो ? खुशी के हो ? लगायतका प्रश्नहरुको जवाफ खोज्ने छु, प्राध्यापक सुबेदीस“ग । आउनुहोस, स्वागत गरौं, आजका मेरा अतिथि, प्राध्यापक अभि सुबेदीलाई । To Follow : Facebook: https://www.facebook.com/ToughTalk/ Twitter: https://twitter.com/DilBhusanPathak Youtube: https://www.youtube.com/user/toughtalk1