Sunday, 14 June, 2026г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

Shikhar Jatra

Shikhar JatraУ вашего броузера проблема в совместимости с HTML5
सर्वशक्तिशाली देवता हुन लाटागन्याप । महाभारत श्रृंखलाको अति रमणीय एवं निर्जनस्थान शिखरमा छ गन्यापको घर । डडेल्धुराको कैलपालमाण्डौ, गणेशपुर र असिग्राम गाविसको सिरानमा अवस्थित शिखर लाटागन्यापकै वासस्थानका रुपमा चिनिन्छ । जो चाह्यो सो पूरा हन्छ भन्ने जनविश्वास रही आएको छ । अहिलेसम्म शिखरको दृष्यचित्र सार्वजनिक भएको थिएन । रुढीमान्यताग्रस्त यहाँका केही मानिसहरु अझै पनि देवभूमिको प्रचार गर्दा देवता रिसाउँछन भन्ने मान्यता राख्दछन् । यहाँ भिडियो वा फोटो खिच्दा क्यामेरा नै विग्रिने वा क्यामेरामा दृष्य रकेर्ड हुँदैन भन्ने मान्यता थियो । यही मान्यतका कारण यो ठाउँमा फोटो खिच्न वा दृष्य लिन प्रायः हिच्किचाउँछन् । तर हामीले सोच्यौं देवभूमिको जति प्रचार गर्यो, त्यति नै देवता खुसि हुन्छन् । देवता खुसि भएर होला हामीलाई त्यस्तो कुनै वाधाअड्चन आएन । शिखर वास्तवमा अत्यन्त सुन्दर ठाउँ छ । धार्मिक एवं जैविक विविधताका दृष्टिकोणले महत्वपूर्ण छ । यस्को प्रचार प्रसार गर्न सकिए पर्यटन विकासको नयाँ गन्तव्य बन्न सक्छ ।
Мой аккаунт