विश्व प्रसिद्ध रामजानकी विवाहपञ्चमी महोत्सव सुरु : जनकपुर - NEWS24 TV
У вашего броузера проблема в совместимости с HTML5
जनकपुर । सप्ताहव्यापी रुपमा मनाईने विश्व प्रसिद्ध रामजानकी विवाहपञ्चमी महोत्सव सुरु भएको छ । त्रेता युगमा भगवान राम र सीताको विवाह जनकपुरमा भएको सम्झनामा परापूर्वकालदेखि नै जनकपुरमा धुमधामसँग विवाह पञ्चमी महोत्वस मनाउने गरिन्छ । विवाह पञ्चमीकालाई भारतको अयोध्याबाट आएको जन्ती जनकपुर पुगेको छ । भारतको अयोध्याबाट आएको भगवान रामको जन्ती जनकपुर पुगेपछि जन्तीको भब्य स्वागत गरिएको छ । विवाह पञ्चमकीको मुख्य समारोह मंसिर ११ गते हुने कार्यक्रम छ । त्यसै दिन जानकी मन्दिरको प्रंगणमा साम सीताको वैवाहिक कार्यक्रम सम्पन्न हुने छ । विवाहपञ्चमीलाई ध्यानमा राखेर जानकी मन्दिरलाई बेहुली झै सजाईएको छ । त्रेतायुगमा मर्यादा पुरुषोतम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसीर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरमा विवाह महोत्सव(विवाह पञ्चमी) आयोजना गरिन्छ । सात दिन सम्म चल्ने महोत्सवको पहिलो दिन जानकीलाई नगर दर्शन गराउने क्रममा रामजानकीको प्रतिक स्वरुप दुई बालबालिकालाई श्रृंगारसहित जानकी मन्दिरको चारैतिर परिक्रमा गराईन्छ । यस अवसरमा महिलाहरुले विवाहको गित गाउंदै फूल बर्साउंदै बालबालिकालाई परिक्रमा गराईन्छ । नगरदर्शन हेर्नका लागि देशी–विदेशी श्रद्धालुहरुको भीड लागछन् । रामसीताको स्वयम्बर कार्यक्रम रंगभूमि मैदान वाह्रविघामा हुने छ । सात दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाईने विवाह पञ्चमीमा जनकपुर नगर दर्शन, फुलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवा मनाईन्छ । विवाहपञ्चमीमा भारतको सिमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौं श्रद्धालहरु सहभागि हुँदैछन् । महोत्सवको रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागि भई पुजा अर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्तिहुने जनविश्वास रहेको छ ।
NEWS24 TELEVISION,KATHMANDU,NEPAL
SUBSCRIBE : WWW.YOUTUBE.COM/NEWS24TVCHANNEL
WEBSITE : WWW.NEWS24NEPAL.TV