Saturday, 20 June, 2026г.
russian english deutsch french spanish portuguese czech greek georgian chinese japanese korean indonesian turkish thai uzbek

пример: покупка автомобиля в Запорожье

 

याद (yaad) poem

याद (yaad) poemУ вашего броузера проблема в совместимости с HTML5
मलाई थाहा छ तिमीलाई मेरो याद आउँदैन तिम्रो भित्री मनमा मसंग बिताएका मिठा पलका सम्झना कदापी छाउँदैन, न त तिमीले त्यो सुन्दर अतीत साँचेकी छौ न त तिमी हाम्रो पुनर्मिलन हुने आशमा बाँचेकी छौ || यदि, साँच्चै तिमी म बिना न्यास्रीएकी भए मेरो यादले सताएको भए, जसरी समुद्रको पानी छाल बनी तटमा आउन संघर्ष गरी रहन्छ, ठीक त्यसरी नै, तिमी म भएको ठाउँमा आउन संघर्ष गर्थ्यौ | तर, खेद छ तिमीलाई तिमी मौन रह्यौ.. || हो, तिमी समुद्री छाल बनिनौ किनभने तिमी नदीको पानी हौ एकनास बस्न कहिल्यै जानिनौ तिमी त बस् बगीरह्यौ भाग्यले जता डोहोराह्यो त्यतै.. मात्र एकचोटी पनि टक्क अडिएर किनारमा पर्खीरहेको मलाई हेरिनौ.. || तर, जतिनै तिमी भागेपनि जतिनै बगी रहेपनि नदीको किनार त हुन्छ नै, कुनै दिन मेरो श्वासले तिमीलाई छुन्छ नै.. त्यैपनि तिमी बेवास्ता गर्छौ भने, कुनै दिन नदी सागरमा मिसिन्छ नै अनि त्यो दिन तिमी स्थिर हुनेछौ || ठीक त्यसै दिन, म पनि हेर्नेछु कसरी तिमी भाग्दी रहिछौ.. तटमा बसेको मलाई छाल बनी तिमी कसरी नभेटऔला? अनि कसरी तिम्रो मानसपटलमा हाम्रो मिठो अतित नआउला? बस् त्यही दिनको प्रतिक्षा छ © Bhaskar Dhakal. All rights reserved.. Poem and Voice: Bhaskar Dhakal Music: Are you lonesome tonight Picture: source- Google for more, www.bhaskardhakal.blogspot.com
Мой аккаунт